शोक विज्ञप्ति

home-plan

शोक विज्ञप्ति

चलचित्र पत्रकार संघ नेपालकी सदस्य शारदा थापाका पूजनीय पिता श्री रमेशबहादुर थापाको ६६ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा असामयिक निधन भएको दुःखद खबरले चलचित्र पत्रकार संघ नेपाल परिवार स्तब्ध एवं मर्माहत भएको छ। स्वर्गीय थापा विगत दुई महिनादेखि मुटुसम्बन्धी समस्याको उपचार गराइरहनुभएको थियो।

उहाँको निधनले शारदा थापासहित सम्पूर्ण शोकसन्तप्त परिवारजनमा अपूरणीय क्षति पुगेको छ। यस दुःखद घडीमा चलचित्र पत्रकार संघ नेपाल स्वर्गीय रमेशबहादुर थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ। साथै, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै यस असह्य पीडालाई सहन गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछ।