शोक विज्ञप्ति

home-plan

शोक विज्ञप्ति

चलचित्र पत्रकार संघ नेपालका सदस्य श्री ज्ञानु राईका पूजनीय पिता श्री गंगाराज राईको काठमाडौंस्थित केएमसी अस्पतालमा विगत चार दिनदेखि उपचारका क्रममा ७९ वर्षको उमेरमा असामयिक निधन भएको खबरले चलचित्र पत्रकार संघ नेपाल परिवार अत्यन्त मर्माहत एवं दुःखी भएको छ।

उहाँको निधनले श्री ज्ञानु राईसहित सम्पूर्ण परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुःखद घडीमा चलचित्र पत्रकार संघ नेपाल स्वर्गीय गंगाराज राईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ।