२०८३ को राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा

home-plan
चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीको अध्यक्षतामा मिति २०८३ जेठ २ गते काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा सम्पन्न कार्यसमितिको बैठकले जेठ ७ गते आयोजना हुने २७ औं वार्षिक उत्सव तथा राष्ट्रि«य चलचित्र पत्रकारिता दिवसको अवसरमा यस वर्ष २०८३ को राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार तपसिलका चलचित्र पत्रकारहरुलाई प्रदान गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान– स्व. दिनेश सिटौला
राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८३ – अनन्त वाग्ले
राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३ – जयन सुब्बा मानन्धर
राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३ – कुबेर गिरी
स्व. दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३ – सुरक्षा भट्टराई
राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३ – वैकुण्ठ राज पराजुली
राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार – मिलन ढुंगाना
 
गोपीकृष्ण चापागाईं
महासचिव