चलचित्र पत्रकार संघ नेपालको २७औं वार्षिक साधारण सभा तथा १०औं महाधिवेशन सम्पन्न

home-plan

चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित हुनुभएको छ । शनिबार (२०८३ वैशाख ५ गते) काठमाडौंमा सम्पन्न भएको २७औं वार्षिक साधारण सभा तथा १०औं महाधिवेशनबाट उहाँ दोस्रो पटक अध्यक्ष बन्नुभएको हो । उहाँले आफ्ना प्रतिद्वन्द्वी जीवन कुमार पराजुलीलाई पछि पार्दै पदाधिकारीमा सर्वाधिक ९५ मत प्राप्त गर्नुभयो ।

निर्वाचनबाट संगठन उपाध्यक्षमा ७३ मतसहित रघुनाथ सापकोटा निर्वाचित हुँदा कार्यक्रम उपाध्यक्षमा कुमार आचार्य निर्विरोध चुनिनुभयो । महिला उपाध्यक्षमा ७५ मत प्राप्त गर्दै दीपज्योति थापा चुनिनुभएको थियो । उहाँ ६ वर्षअघि पनि सोही पदमा निर्वाचित हुनुभएको थियो । ४ जनाबीच भएको महासचिवको प्रतिस्पर्धामा भने गोपिकृष्ण चापागाईं ५४ मतका साथ विजयी हुनुभयो ।

film journalist .jpg

खुल्लातर्फ सचिव पदमा मदन रिजाल दोस्रो सर्वाधिक मतसहित निर्वाचित हुनुभएको छ । उहाँले कुल खसेको १४० मतमा ९४ मत प्राप्त गरे । समावेशी सचिवमा भने महम्मद जालिम निर्विरोध चुनिनुभयो । कोषाध्यक्ष पदमा मनिष अन्जान (दाहाल) ७४ मतका साथ विजयी हुँदा सह कोषाध्यक्ष पदमा ६२ मत प्राप्त गर्दै अर्जुन गुरागाईं निर्वाचित हुनुभयो ।

८ जना सदस्य पदमा भने सोजना लोहार, सुशील नेपाल, दिनेश थापा, नविन चापागाईं, रतनबहादुर चन्द, युवर्ण पौडेल, दीपराज क्षेत्री र सालिकराम न्यौपाने निर्विरोध चुनिनु भएको छ । संघको विधानमा २ जनालाई सदस्यमा मनोनीत गर्न पाउने व्यवस्था पनि रहेको छ ।