चलचित्र पत्रकार संघ नेपालको दशौं केन्द्रीय महाधिवेशन हुँदै

home-plan

चलचित्र पत्रकार संघ नेपालको दशौं केन्द्र्रीय महाधिवेशन २०८३ बैशाख ५ गते हुने भएको छ । चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । समीर बलामी नेतृत्वको कार्यसमितिको अवधि फागुन १७ गते समाप्त भएको हो । 

fja 25th.jpg
कार्यसमितिको १७ गते अवधि सकिए पनि राष्ट्रिय आम निर्वाचनका कारण फागुन १७ मा संघको महाधिवेशन गर्न नसकेको अध्यक्ष समीर बलामीले बताउनु भयो ।

उहाँले चैत्र पहिलो सातासम्म सबै शाखाको अधिवेशन सम्पन्न गरि बैशाख ५ गते केन्द्रीय महाधिवेशन आयोजना गर्न लागेको बताउनु भयो । संघको देशभर १४ शाखा र विदेशमा पनि च्याप्टर शाखाहरु रहेको छ ।