+977 1-4245171, info@fjanepal.com.np

चलचित्र पत्रकार संघ नेपालको नयाँ सदस्यता सम्बन्धी जरुरी सूचना !

चलचित्र, गीत-संगीत, रंगमञ्च लगायत मनोरञ्जनका विविध विधामा पत्रकारिता गरिरहेका इच्छुक पत्रकार साथिहरुलाई चलचित्र पत्रकार संघ नेपाल नयाँ सदस्यताका लागी आह्वान गर्दछ ।
मिति २०७५ चैत १७, १८ र १९ गते (आइतबार, सोमबार र मंगलबार)का दिन संघको केन्द्रिय कार्यालय अनामनगरमा बिहान ११ बजे देखि अपरान्ह ३ बजे सम्म नयाँ सदस्यताका लागी फारम वितरण हुने जानकारी गराइन्छ ।

सदस्यता लिनको लागी निम्न बमोजिम योग्यता हुनुपर्नेछ:
१. न्युनतम एक बर्ष मनोरञ्जन पत्रकारिताको अनुभव भएको हुनुपर्नेछ
२. नेपाली नागरिक हुनुपर्नेछ
३. फौजदारी अभियोग नलागेको, नैतिक पतन नभएको तथा कालोसूचीमा समावेश नभएको हुनुपर्नेछ

सदस्यता लिनको लागी निम्न बमोजिम कागजात पेश गर्नुपर्नेछ:
१. रितपूर्वक भरिएको चलचित्र पत्रकार संघ नेपालको सदस्यता फारम
२. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. न्युनतम एक बर्षदेखी मनोरञ्जन पत्रकारितामा संलग्न रहेको प्रमाणको प्रतिलिपी
४. सम्बन्धित संस्थाको लेटरप्याडमा सिफारिस पत्र
५. सम्बन्धित सञ्चार संस्थाले प्रदान गरेको परिचयपत्रको प्रतिलिपि
६. हालै प्रकाशित/प्रशारिस सामग्रीको प्रतिलिपि
७. पासपोर्ट साइजको फोटो दुई प्रति
८. सदस्यता दस्तुर रु. दुई हजार मात्र ।

सन्दीप सापकोटा
अध्यक्ष
चलचित्र पत्रकार संघ नेपाल
सम्पर्क: ९८५१०२०८३५