+977 1-4245171, info@fjanepal.com.np

चलचित्र पत्रकार संघ नेपालको १९ औं स्थापना दिवसको अवसरमा अध्यक्षज्युको शुभकामना

                                                                                              मिति: २०७५/०२/०६
रङ्गपत्रकारहरूको साझा संस्था चलचित्र पत्रकार संघ नेपाल २०७५ जेष्ठ ७ गते आफ्नो स्थापनाको १९ औं वर्षमा प्रवेश गर्दैछ । यस अवसरमा नेपालभर छरिएर रहनु भएका संघका सदस्य एवं आम रङ्गपत्रकार मित्रहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

रङ्गपत्रकारको हकहितका लागि अग्रजहरूले सुरू गरेको प्रयासप्रति गौरव महसुस गर्दै आफुले हिँड्नु पर्ने मार्गबाट रत्तिभर विचलित नभई संघको उद्देश्य हासिल गर्न अझ सशक्तरूपमा लागिरहने प्रतिवद्धता पनि यस अवसरमा व्यक्त गर्न चाहन्छु ।

चलचित्र पत्रकारिता अहिले विभिन्न अवसर र चुनौतीको बीचबाट गुज्रिरहेको छ । अत: यस घडीमा सबैले अझ संवेदनशील भएर आफ्नो जिम्मेवारी बहन गर्न संघको तर्फबाट म सबै रङ्गपत्रकार सहकर्मी साथीहरुमा हार्दिक अपिल गर्दछु । स्थापना दिवसको पूर्वसन्ध्यामा सम्पूर्ण चलचित्र पत्रकारहरुमा पुनः हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै यस दिनले हामी चलचित्र पत्रकारहरूलाई आफ्नो कर्तव्यपथमा निष्ठापूर्वक लाग्न अझ बढी प्रेरित गरोस् भन्ने कामना गर्दछु ।

साथै, स्थापना दिवसका अवसरमा २०७५ जेष्ठ ७ गते चलचित्र पत्रकार संघ नेपालले माननिय सञ्चार राज्यमन्त्री गोकुल प्रसाद बास्कोटाको प्रमूख आतिथ्यतामा डाईनिङ पार्क रेष्टुरेण्ट, पुरानो बानेश्वर काठमाडौंमा बेलुकी ५ बजे शुभकामना आदान प्रदान, चलचित्र पत्रकारिता सम्मान एवं चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने कार्यक्रम राखेको हुँदा संघमा आवद्ध सम्पूर्ण सहकर्मी साथीहरु, आमन्त्रित मिडियाकर्मी साथीहरु, चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका अध्यक्षज्युहरु, कलाकर्मी साथीहरु र सहयोगी संस्थाहरुलाई हार्दिक निमन्त्रणा समेत गर्दछु । सो अवसरमा सम्मानित हुन लाग्नुभएका ध्रुव लम्साल र दयाराम पाण्डे तथा पुरस्कृत हुन लाग्नुभएका लक्ष्मण सुवेदी र सन्ध्या थापा त्यसैगरी प्रोत्साहन पुरस्कारबाट पुरस्कृत हुन लाग्नुभएका अञ्जान दाहाल ‘मनिष’ प्रति हार्दिक बधाई ज्ञापन गर्दछु ।

सन्दीप सापकोटा
अध्यक्ष,
चलचित्र पत्रकार संघ नेपाल
केन्द्रिय कार्यालय
अनामनगर, काठमाण्डौ, नेपाल ।